दमक। झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा उनीहरुको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आउनेमा केहि औषधी व्यवसायी पनि छन् ।
त्यस्तै समुदायकामा पनि संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेहरुमा दमक वडा नम्बर १,४, ६ र ९ का छन् । संक्रमितहरु कहाँ कहाँका हुन भन्ने अहिले छुट्याउने काम भइरहेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । योसँगै दमकमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।



