काठमाडौं । नोभेल कोरोना भाइरसका एक हजार ८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ८१ संक्रमित थपिएको जानकारी दिए ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९१८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३३ हजार ८८२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ९९ हजार ३४१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ७ हजार ९८८ जना र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४८० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

आइतबार देशभर ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने सोही अवधिमा ८१४ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणबाट आइतबार ९ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर ९७० कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा एक हजार ७३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

मंगलबार ९०२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने दुई हजार २८७ जना डिस्चार्ज भएका थिए । यही अवधिमा ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah