स्वास्थ्य मन्त्रालयकाअनुसार विभिन्न ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० बढी रहेको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५०० बढी रहेको छ । यस्तै सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा अहिले १ जना पनि संक्रमित रहेका छैनन् ।
मन्त्रालयका अनुसार हाल आईसीयूमा १७३ र भेन्टिलेटरमा ३६ जना रहेका छन् ।




