के बि महरा/ काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा थप एक जनाको ज्यान गएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत बुटवल उपहानगरपालिका-१३ की ६५ वर्षीया महिलामाको मृत्युपछि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा आईतबार साँझ मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।



