झापा । हाल म भर्खरै कोभिड संक्रमित भई निको भएको छु । मलाइ कोरोना संक्रमण भए पश्चात् मैले आफ्नो ब्यक्तिगत स्वास्थ्यको ख्याल राख्नुकासाथै आफू आइसोलेसनमा रहदाको समयलाई पट्यारलाग्दो नहोस भनी ईन्टरनेट मार्फत यस बिसय सम्बन्धी अनुसन्धानहरु अध्ययन गर्न थाले । यसकार्यले मलाइ भाइरस जित्न थप जानकारी र उर्जा समेत मिल्यो । यहि आफ्ना अनुभव र अनुभूतिहरु साटासाट गर्ने उध्येस्यले आफुले हासिल गरेका आइसोलेसन अनुभवहरु साझा गर्ने कोसिस गर्दैछु । आशा छ मेरा यी अनुभव र अनुभुतिका पन्क्तिहरुले धेरैको मनमा उठिरहेका कोरोना सम्बन्धि कयौं प्रश्न एवंम जिज्ञाशाहरु मेट्न सहयोग पुग्नुका साथै कोभिडबाट उब्जिएको शंका र भय हट्न केहि हदसम्म सकारात्मक सन्देस बन्ने छ ।

advadv
सर्ब प्रथम मलाई कोभिण १९ भए यता टेलिफोन सम्पर्क तथा सामाजिक संजाल मार्फत मेरो स्वास्थलाभको कामना गरि मलाइ कोभिड जित्न हौसला प्रदान गर्नुहुने सम्पुर्णमा म हृदय देखि नै आभार प्रकट गर्द्छु ।

advadvadv
सुरुमा मलाइ सामान्य ज्वोरो आएको र सरिस सिथिल भए जस्तो अनुभव भयो । त्यस पश्चात् मैले भाइरस संक्रमण परिक्षण सम्बन्धि कोभिड १९ पहिलो टेस्ट दमकमा गरे, मेरो रिपोर्ट पोजेटिभ आयो त्यस पश्चात् थाहा भयो मेरो सरिरमा कोरोना भाइरसको संक्रमण भै सके छ !आफुलाई कोरोना संक्रमण भए पनि त्यति सार्‍रो मलाई बनाएन जति यश बिसयले विश्व हल्लाइ रहेको थियो । रिपोर्ट गलत त होइन ? भन्ने आशंकामा पुनः परिक्षण गर्ने काम भयो ,फेरी पनि रीपोर्ट पोजेटिभ आयो ! त्यस पश्चात् परिवारका सम्पुर्ण सदस्यको परिक्षण गरियो , मेरो र बुबाको पोजेटिभ र अरुको नेगेटिभ नतिजा देखियो । अघिल्लो दिनसम्म सगैरहेकि मेरि श्रीमति लाई संक्रमण नदेखिएर तल्लो तलामा रहनुहुने मेरो वृद्ध ७७ बर्सिया बुबालाई यसले कसरि छोयो भन्ने कुरामा म सारै अचम्मित भए ।

advadv
अन्ततः थाहा भयो ,यसले कमजोर र रोगि मानिस लाई छिटो समाउदो रहेछ ।बुबालाई रुघा, मर्कि र ज्वरो आउनुका साथै बुबाका आंखा राता राता भइ रसाए । त्यस पस्चात म र बुबा माथिल्लो तलामा र श्रीमति र अरु परिवारका सदस्य तल्लो तलामा अलग अलग बस्न थाल्यौ । मनमा डर ,त्रास अब मात्र भयो आफु बिरामि हुँदा बरु उति धेरै तनाब भएन जति बृद्धअबश्थामा रहनु भएका बुबा संक्रमीत हुंदा भयो । हामी एक्दमै सुरक्षित साथ खानपान तथा सरसफाइलाई उच्च ध्यान दिदै समय समयमा तातो पानीको बाफ ,औसधि भिटामिन , आयुर्वेदिक औसधि , दुध ,बेसार आदि बराबर खादै आफ्नो र बुबाको ख्याल राख्दै बस्यौं । बिचमा बुबालाई औसधि गर्न लान अलि सहज होस भनेर पुनः म एम्बुलेन्स मार्फत नोबेल अस्पताल बिराटनगर तिर परिक्षण गर्न तेस्रो पटक गए , मेरो पुनः रिपोर्ट पोजेटिभ नै आयो ! अब चाहि मलाई १०० % बिस्वास भयो कि लक्षण त्यति धेरै नभए पनि मलाई कोभिड संक्रमण भएको नै रहेछ ।

कोरोना सगै मेरो घरमा दसैं भित्रीइसकेको थियो । दसैंको टिका मैले बुबासंग लगाए , परिवारका अन्य सदस्यले तल्लो तलामा आमासंग लगाए । कोभिडले हामिलाई एकै ठाउँमा बसि खुशी साटा साट गर्ने अबसर दिएन । दिन बित्दै गयो बुबामा धेरै सुधार आयो बुबालाई ज्वोरो ,रुघा मर्कि , नभएको ८-९ दिन भयो ।अहिले बुबा भन्नु हुन्छ “मलाई रुघा, मर्कि लागेको तलाई चाहि कोरोना होला ! उहाँ हास्दै भन्नु हुन्छ ।”
ततपस्चात अन्तिम पाचौं पटकको टेस्टमा मेरो नेगेटिभ रीपोर्ट आयो अब ढुक्क भए मैले कोरोना लाई पराजित गर्न सकेछु ।
यो बिचमा मैले कोरोना समन्धि धेरै अध्यायन गरे जुन कुरा यहाँहरु समक्ष राख्दैछु ।

कोरोनाका लक्षणहरु के- के हुन ?
ज्वरोआउनु , जिउ जोर्नि कटकट खानु , टाउको दुख्नु, नाक चिलाउनु, सिंगान बग्नु , स्वाद र गन्ध हराउनु , खान मननलाग्नु , पेटसम्बन्धी समस्याहुनु , सुख्खा खोकी हुनु , घाँटी खसखस हुनु, आँखा पोल्नु , आँखा चिलाउनु वा रातो हुनु, छालामा समस्या आउनु ,छालामा दाग हुने वा हात तथा खुट्टाका औँलाको रङ उड्नु , छाती दुख्नु , सास फेर्न गाह्रो हुनु , सास अलि बेर रोकेर थाम्न नसक्नु , वाक वाकि लाग्नु र शरिर पुरै शिथिल हुनु कोभिड संक्रमण हुँदा देखिने लक्षण हुन् । यो लक्षण कसैलाई बढि कसैलाई कम र कसैलाई पटकै नदेखिने पनि हुनसक्छ ।

कोभिड हुँदा अपनाउनु पर्ने बिधि र पुर्ब साबधानि के-के हुन ?
बिहान ६:०० बजे उठ्ने ,
बिहान ६:३०- ७:०० बजे सम्म योग अभ्यास र ब्यायाम , बिहान ७:०० बजे हरियो कागतिसंग तातो पानी, बिहान ७:३० बजे नास्ता ,बिहान ८:०० बजे मन तातो दुध र बेसार हालेर खाने , बिहान ९:०० बजे पानीको बाफ , बिहान ९:३० तातो पानी पिउने, बिहान १०:००बजे खाना , खाना पस्चात भिटामिन इ , सि र बि , भिटामिन डि हप्ताको एक पटक मात्र। बिहान १०:३० बजे तातो पानीको साथमा अदुवा , मरिच, बेसार लगाएत जडिबुटि जन्य पेय पदार्थ ।
बिहान ११:०० बजे कालो चिया ,
१२:०० बजे मध्याह्नमा कागति पानी , दिउसो फलफुल ( आफुले सक्दा कोरेर पकाएर या तातो बनाएर )
दिउसो २:००बजे पानीको बाफ ,
दिउसो ३:३० बजेदेखि ४:३० को बिचमा हल्का नास्ता ,दिउसो ४ बजे देखि ५ बजे सम्म आराम गर्ने ,५:०० बजे पस्चात जटिबुटि झोलिलो पेय पदार्थ तेज पत्ता सुठो, गुर्जो, मरिच ,बेसार , दाल चिनि , अदुवा,पिप्ला लगायतका कुरा आफ्नो अनुकुल र सुबिधा अनुसारसमिश्रणगरि पिउन सकिन्छ ।
साझ ६:३० बजे शारिरीक ब्यायम र योग त्यस पस्चात मन तातो कागति पानी बेलुकाको ७:३० बजे खाना राति ८:३० बजे पानीको बाफ , राति ९:०० बजे दुध बेसार त्यस पस्चात तातो पानीले स्वास र खाना नलिको भित्री भाग पखालेर सुत्ने । राति ब्युझिएको अवस्थामा थर्मसमा राखेको तातो पानी पिएर सुत्नु सकिन्छ । कोरोना भएको बेला घाटि खालि रहदा भाईरस बढी सक्रिय हुने भएकोले तातो पेयपदार्थ पिईरहदा भाईरस खाना नलि हुदै पेटमा पुग्ने र भाईरसको संक्रमणबाट हुने फोक्सोको जोखिम कमहुने हुन्छ ।

खानामा के -के खाने ?
खानामा दाल ,भात ,रोटि ,गेडागुडि, हरियो साग सब्जि,माछामासु ,च्याउ प्रोटिन युक्त खानेकुरा खानुपर्ने हुन्छ ।
नास्तामा तातो झोलिलो पेय पदार्थ ,च्यवनप्राश ,भिटामिन सि जन्यपदार्थहरु ,अमला ,अम्बा ,अनार,अन्डा, दुध रोटी,चिउरा,भुजा ,सब्जि तरकारी खानसकिन्छ , धेरै चिल्लो , पिरो , चिसो, तारेको ,भुटेको खानेकुरा खानु हुदैन ।

औसधिहरु के -के प्रयोग गर्न सकिन्छ ?
पखाला लागेमा ट्याब जिन्क र जिबन जल प्रयोग गर्नसकिन्छ ।
जिउ दुखेमा ,ज्वरो आएमा टाउको दुखेमा ८-८ घण्टामा पारासिटामोल खाने ।
मुख र घाटिमा भएको जर्म्स मार्नलाई लिस्टराइन भन्ने माउथवास क्याभिटी फाइटर प्रयोग गरि मुख गार्गल गर्न सकिन्छ ।
खोकि लागेमा दैनिक एक पटक सुत्ने बेलामा ट्याब सिट्राजाइन १० एमजि अथवा लिभोसिट्राजाइन ५ एमजि प्रयोग गर्न सकिने छ ।
खोकि लागेमा अम्बाको पात र नुन हालेर कुल्ला गर्दा खोकिलाई निकै कम गर्छ ।

आयुर्वेदिक औसधमा के -के खान सकिन्छ ?
आयुर्वेदिक औसधिमा आरोग्य कस्तुरिभुसण , बैधनाथ कास्म्मृत हर्बल कफ सिरफ ,अस्वगन्धा ,त्रिकुटा चुर्ण , सुदर्शन चुर्ण , गिलोई ( गुर्जो ) र तुलसिको जुस , भार्मि भाटि , ईमिनिटि सीरफ र संक्रमण कम वा निको भए पछि आयुर्वेदिक भिटामिन सिरफ जुन अत्यन्तै धेरै फल दायी हुनुका साथै माथि लेखिएका सबै प्राय जडिबुटी यो एउटैमा पाइन्छ र प्रयोग गर्न सकिने छ । यसमा माथि लेखिएको गुर्जो यानिकि गिलोईले प्रेसर कम गराउन सक्ने भएकोले ध्यान राखेर खानु पर्ने हुन्छ ।
जडिबुटि चिया भनेको के हो ?
स्वास्थ मन्त्रालयको बेभ साईटमा उल्लेख भए अनुसार गुर्जोलाई पानीमा पकाएर चियाजस्तै पिउन सकिने अनि असुरोको पात र बेसारलाई चिया जसरी पकाएर पिउन सकिने उल्लेख छ ।
त्यस्तै विधिबाट दालचिनी र तेजपातलाई चिया जसरी पकाएर पिउन र सुठो, मरिच, पिप्ला र तुलसीको पात पानीमा पकाएर पिउन सकिने जुन कुरा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद चिकित्सा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस एवम् शिक्षण अस्पतालले संयुक्त रूपमा तयार गरेर मन्त्रालयको वेभ साईटमा राखिएको छ । दैनिक रूपमा खानामा बेसार, जीरा, धनियाँ र लसुनको प्रयोग गर्न भनिएको छ भने बेसारले शरीरमा उत्पन्न विषाक्ततालाई नष्टगर्ने, जीरा र धनियाँले हृदयरोग, नसारोग, रक्तचाप र रक्तअल्पताको जोखिम कम गर्ने अनि लसुनले शरीरको पाचनप्रणालीलाई फाइदा पुर्याउछ ।

कोरोना टेस्ट पस्चात पोजेटिभ आउँदा रिपोर्टमा देखिने सिटि भ्यालु को अर्थ के हो ? सिटि भनेको साइकल थ्रेसहोल्ड यानिकि हाम्रो शरिरमा भएको भाइरस लोड या सरल भासामा भाईरसको जनसंख्या भन्ने बुझिन्छ । जुन अन्तिम रीपोर्ट पेपरमा आउने गर्दछ ।
सिटि भ्यालु कमहुनुको अर्थ तपाईंमा भाइरस लोड धेरै छ र तपाईंले अरुलाई सार्न सक्ने सम्भावना पनि धेरै छ भन्ने बुझिन्छ ।सिटि भ्यालु धेरै छ भने तपाईंमा भाइरस लोड कम छ र तपाईंले अरुलाई सार्न सक्ने सम्भावना पनि कम हुन्छ र अब तपाईं निको हुने क्रममा हुनुहुन्छ भन्ने सम्झनुहोस । यदि बिरामी लाई दीर्घरोग छ भने सिटि भ्यालु जति भए पनि बिरामीलाई कति खतरा छ / छैन भन्ने चाहिँ यकिन गर्न सकिँदैन ।

सिटि भ्यालुको अर्थ के हो ?
सिटि भ्यालु रिपोर्टमा ३५ – ३७ माथि देखिएमा सामान्यतय नेगेटिभ रीपोर्ट आउने हुन्छ ।
सिटि भ्यालु ३३-३५ छ भने लक्षण नदेखिएका ब्यक्ति अस्पतालबाट डिस्चार्ज गरिन्छ र १० देखि १४ दिन सम्म होम आइसोलेसन मा बस्ने सल्लाह दिने गरिन्छ । सरकारको नयाँ नियम अनुसार सरकारी आइसोलेसन सेन्टर मा बस्ने हो भने १४ दिन बस्नै पर्छ र १४ दिन पछि तपाईको फेरि पि.सि.आर. टेस्ट नगरीकनै डिस्चार्ज गरिन्छ ।सिटि भ्यालु ३३ देखि मुनिका संक्रमित बिरामिको क्रमस यसैगरि भाईरस लोड बड्दै जान्छ अनि स्वयम उनिहरु खतरामा पनि हुन सक्छ्न त्यति मात्र नभएर उनिहरुले अरुलाई छिटो संक्रमित बनाउने पनि हुन्छन । तर महत्वपूर्ण कुरा के भने बिभिन्न देशमा गरिएको परिक्षणमा फरक फरक अस्पतालका फरक फरक ल्याबमा एउटै ब्यक्तिको एकै समय पनि फरक फरक रिपोर्ट आएको कोभिड सम्बन्धि एक अध्ययनले बताएको छ ।

प्लाज्मा थेरापी भनेको के हो ?
कोरोना रोग निको भएकाहरुबाट भाइरससंग लड्न रक्त कोषमा बनेको एन्टिबडी लाई प्लाज्माको माध्यमबाट यस रोगसंग लडिरहेका बिरामीहरूमा ट्रान्सफर गरिने पद्धतिलाई प्लाज्मा ट्रान्सफर भनिन्छ । प्लाज्मा दान गर्न तपाईको रिपोर्ट नेगेटिभ आएको १४ दिन पछि ३ महिना भित्र गर्न सकिन्छ। यस पद्धति अनुसार रगत बाट प्लाज्मा निकालिन्छ, र बाँकि रगतलाई फेरि शरिरमा नै फिर्ता पठाइन्छ। सबै व्यक्तिमा समान मात्रामा एन्टिबडी नबनेको हुन सक्छ, जस अनुरुप ट्रान्सफर गरिएको प्लाज्माले बिरामीको स्वास्थ्यलाभ हुन अनि नहुन पनि सक्छ । तपाईको शरिरको अवस्था हेरेर १५-१५ दिनको ग्याप मा प्लाज्मा ६ चोटि सम्म दान गर्न सकिने कुरा बिज्ञहरु बताउछ्न ।

याद राखौ :-
कोभिणको संक्रमितले ५ सेकेन्ड सम्म लामो सास तानेर १० सेकेन्ड होल्ड गरी बिस्तारै सास छाड्न सक्दैन भने तपाईमा समस्या हुदैछ भन्ने बुज्नु पर्छ ।
सुत्दा उत्तानो परेर लामो समय नसुतेर घरी घरी घोप्टो परेर सुत्ने सास लामो लिएर फाल्ने अनि मुख छोपेर दरोगरि खोक्ने काम गर्दा संक्रमित फोक्सोलाई अलि आराम मिल्छ भने अर्को तिर साना नानिहरुलाई बेलुन फुक्ने काम गराउंदा र हामिले पनि सोहि प्रकृतिले हावा तान्दा फाल्दा पनि पल्मोनरी थेरापि अथवा लङ्सको एक्ससाइज राम्रो हुन्छ ।

पल्स अक्सिमिटर उपकरण को काम के हो ?
यस उपकरणले सरिरमा अक्सिजनको लेभल के कति छ भन्ने नाप्दछ ।सम्भब भएमा अक्सिजन नाप्ने पल्स अक्सिमिटर उपकरणले बेला बेलामा अक्सिजन नाप्नुपर्छ र ख्याल गर्नुपर्ने कुरा अक्सिजन
लेबल हरपल ९४- ९५ भन्दा माथि हुनुपर्दछ।
दम र फोक्सो सम्बन्धी रोगि हरुमा ९०-९२देखि माथि हुनसक्छ ।
पल्स अक्सिमिटरले परिक्षण गर्दा कपडा धोएको अबस्थामा हात चिसो भएको अबस्थामा र महिला हरुले नेल पोलिस लगाएको अबस्थामा यसले गलत रिपोट दिन्छ ।साना नानीहरुलाई खुट्टाका औलामा र कानको लोतिमा पनि लगाएर यो चेक गर्न सकिन्छ ।
स्नान गर्ने समय :-
बिहान चिसो हुने हुंदा दिउँसो तातोपानीले (चिसो पानीले नुहाउनु हुदैन) दिनहु नुहाउनु राम्रो, साथै सरसफाईमा विषेश ध्यानदिनु पर्छ।

घरेलु सेनिटाईजर बनाउने बिधि के हो ?
(स्वास्थ मन्त्रालयको वेव साईटमा लेखिए अनुसार)
नीमको पात, तुलसीको पात, घ्यूकुमारी, तितेपातीको पात र फिटकिरीको धूलो प्रयोग गरी स्यानिटाइजर बनाउन सकिने जनाईएको छ ।

कोरोना संक्रमित कति प्रकृतिका हुन्छ्न ?
यो भाईरस तपाईको शरिरमा प्रबेश भए पछिमात्र तपाईलाई थाहाहुन्छ कि यसले कस्तो प्रतिक्रिया दिन्छ । कोरोना सम्बन्धि अध्ययन बाट बिज्ञहरु भन्छ्न यो बिभिन्न प्रकृतिमा देखा पर्छ ।
पहिलो प्रकृति कुनै लक्षण नदेखिने त्यस्तो प्रकृतिका संक्रमितले अरुलाई सार्न पनि सक्छ्न ।
दोस्रो अलि अलि लक्षण भएका तर ३-४ दिनमा होम आईसोलेसनमा बस्दा निको हुने तर कसै कसैलाई होम आईसोलेसन बस्दा बस्दै सास फेर्न गार्‍हो भएर अस्पताल नलगि नै मृत्यु भएको समाचार पनि छ ।
तेस्रो प्रकृतिका संक्रमितलाई अस्पताल लानु पर्ने र अक्सिजन दिई भेन्टिलेटर र आइसीयु मा समेत राख्नुपर्ने हुन्छ ,भने कोहि फर्किएर घर आउछ्न त कसैको अस्पतालमै मृत्यु हुन्छ । घर फर्किएकाहरुमा पनि सघन उपचारमा रहेका बिरामीलाई तन्दुरुस्त हुन १२ देखि १८ महिना सम्म लाग्न सक्ने इन्टेन्सिभ केअर मेडिसिन विभागकी डीन डा. एलिसन पिटार्ड भन्नुहुन्छ ।
। कोरोना भाईरस लाग्दा हाम्रो शरीरको एन्टिबडि कस्तो छ स्वास नलि र खाना नलिको र भित्र रहेको अङ्गको बनावट कस्तो छ सोहि प्रकारले भाईरसले हामिलाई आक्रमण गर्ने गर्दछ । कहिलेकाहीँ यसबाट तन्दुरुस्त मानिसको पनि मृत्यु हुन सक्छ, कतिपय अबस्थामा वृद्ध मानिस पनि बाच्न सक्छ्न ।

कोरोना भाईरस संक्रमण दोहोर्‍याएर हुनसक्छ ?
यस बिसयमा पछिल्लो समयमा धेरै अनुसन्धान भई रहेको छ । तर शरिरमा एन्टिबडि रहनाले त्यती सजिलो संग भाईरस नसर्ने भएता पनि स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन्:- कम्तीमा १४ प्रतिशत बिरामीमा पुन: कोभिड-१९ भएको पाइएको छ। तर सर्ने संभावना रहने कुरामा मानिसमा प्रतिरोधी क्षमता जन्मेता पनि कतिपयमा भने प्रतिरोधी क्षमता सशक्त नहुने हुनाले शरीरमा रहेका भाइरस फेरि बल्झनसक्ने बताइएको छ ।
कोरोना भाईरसको पिसीआर बिधिले पटक पटक परिक्षण गर्दा मृत वा निस्कृय भाईरसलाई पनि देखाउछ ?

कोरोना भाइरस संक्रमण भएका अधिकांश लक्षण भएका मानिसहरूले सुरुको एक साताजति बडिमात्रामा अरूलाई भाइरस सार्न सक्छन् तर लक्षण नभएकाले अरुलाई सार्ने संभावना धेरै नै कम रहन्छ । हप्तौँपछि पनि उनीहरूको परीक्षण गरिए पनि मृत कोशका कारण पोजेटिभ रीपोर्ट आउन सक्छ । यस बिसयमा पि.सि.आर. टेस्ट गर्न जाँदा आधी घण्टा अगाडी नुन- पानीले कुल्ला गर्नु उत्तम हुने बिज्ञहरु बताउछ्न । उनका अनुसार यसो गर्दा यदि मुखमा मृत भाइरस छ भने पनि नुन-पानीले उक्त मृत भाइरसको अवशेषहरुलाई समाप्त हुन्छ । यदि कुल्ला नगरी पि.सि.आर. गरेमा जिवित र मृत दुबै भाइरस देखाउँछ र तपाईको मृत भाइरस मात्रै देखिए पनि रिजल्ट पोजिटिभ हुन सक्छ भन्ने कुरा एक अध्ययनले बताएको छ ।

(स्तम्भकार :-कोमल ढुङ्गाना, गौरादह नगरपालिका नगर सभा सदस्य गौरादह नगरपालिका वडा नं १ प्रदेश नं १,झापा नेपाल)

प्रतिक्रिया

सम्बन्धित खवर