नेपाली कांग्रेसका थप तीन जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको छ।

केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडु, सुरेन्द्रराज पाण्डे र फरमुल्लाह मन्सुरलाई कोरोना संक्रमण देखिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरू होम आइसोलेसनमा छन्। उनीहरूले आफूहरूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन्।

बिहीबार गरेको परीक्षणको रिपोर्ट आज पोजेटिभ आएपछि आफू होम आइसोलेसन बसेको पाण्डेले बताए। उनको स्वास्थ्य अवस्था भने सामान्य छ।

तर मन्सुरको भने अस्पतालमा उपचार भइरहेको छ।

मन्सुरलाई कात्तिक १९ गते वीरगञ्जबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

यसअघि कांग्रेस केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापालगायत सात जनामा कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक नै सारिएको थियो।

कांग्रेसले आउँदो सोमबार पनि केन्द्रीय समिति बैठक राखेको छ। तर थप तीन केन्द्रीय सदस्यमा कोरोना देखिएको हो। कोरोना नेगेटिभ आए पनि केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचार जारी छ।