दमक/ झापाको शिवसताक्षी वडा नं ६ की २५ बर्षिय एक युवतीको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । रुघाखोकी , ज्वरो लगायतका समस्या आएपछि उपचारका लागि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएकी उनको राती करिब एक बजे मृत्यु भएको हो ।
साता अघि अस्पताल भर्ना गरिएकी ति युवतीमा कोरोना संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । उनी निजी स्वास्थ्य संस्थामा कार्यरत ल्याब टेक्निसियन रहेको बताइएको छ । झापामा यससंगै कोरोना संक्रमित मृतकको संख्या ५८ पुगेको छ । निष्कर्ष न्यूज बाट



