भद्रपुर, झापा : झापामा कोरोना भाइरस संक्रमणबाट पूर्व गाविस सचिवसहित थप दुई जनाको मृत्यु भएको छ।

भद्रपुर नगरपालिका ५ स्थित पोखरी टोल बस्ने ६२ वर्षीय पूर्व गाविस सचिव कुमुदचन्द्र झाको आफ्नै घरमा बिहान ४ बजेर १५ मिनेट मृत्यु भएको हो। उनले कात्तिक २१ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ आएको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए। दिर्घरोगी झा लामो समयदेखि सिकिस्त थिए।

शरीरमा थप समस्या देखा परेपछि उनको पिसीआर परीक्षण गरिएको थियो। उनको कोरोना रिपोर्ट आज बिहान आउँदा पोजेटिभ देखिएको बताइएको छ। झा भद्रपुर जेसीजका सन् १९९६ का अध्यक्ष एवम् नेपाल जेसिज का पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए। उनको दाहसंस्कार कनकाई नदीमा नेपाली सेनाको टोली स्वास्थ्य मापदण्ड अनुसार गर्ने जनाइएको छ।

त्यस्तै कोरोना संक्रमित एक वृद्धाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ६ की ८१ वर्षीय महिला रहेकी छन्। उनको घरमै मृत्यु भएको वडा अध्यक्ष लोकनाथ गौतमले जानकारी दिए। विराट मेडिकल कलेज विराटनगरमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट शनिवार मात्रै पोजेटिभ आएको थियो।यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनको सङ्ख्या ६४ पुगेको छ।थाहा खबर साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah