दमक/ दमक नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पतालमा उपचारपछि ७ जना निको भएर घर फर्किएका ( डिस्चार्ज भएका ) छन । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार आइतबार (आज) सम्ममा सो अस्पतालमा १६ जना कोरोना संक्रमित विरामी उपचारका लागि भर्ना भएकामा ७ जना उपचारपछि संक्रमण मुक्त भएर घर फर्किएका हुन । दमक २ स्थित बेलडाँगीमा हालै ३० बेडको कोभिड अस्पताल सञ्चालनमा आएपछि नगरबासीले राहत महसुस गरेका छन । त्यहाँ अक्सिजनसहितको उपचार सेवा सञ्चालित छ ।

सो अस्पतालमा भर्ना भएका मध्ये १ जनालाई रिफर गरिएको छ । दमक ९ का एक जना जना विएन्डसी अस्पतालबाट भेन्टिलेटरमा राखेर उपचार गराईरहेका विरामीलाई पारिवारिक सल्लाह अनुसार अन्तिम समयमा सो कोभिड अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको पनि उपप्रमुख अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अस्पतालमा हाल ७ जना संक्रमितको उपचार भइरहेको छ । उपप्रमुख अधिकारीले दमक नगरबासी समक्ष सार्वजनिक अपिल गर्दै लेखेकी छिन– कोभिड पोजेटिभ देखिएर समस्या भएमा वेलैमा उपचारको लागि वडा नं. २ मा रहेको कोभिड उपचार केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ ।