विराटनगर : कोरोना भाइरस संक्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार राति मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, छात्ती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ गते पुरुषलाई अस्पताल भर्ना गरिएको थियो ।स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भोलिपल्ट ५ गते रिपोर्ट पोजिटिभ आएको दाहालले बताए ।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका पुरुषको उपचारका क्रममा ज्यान गएको उनको भनाइ छ । अन्नपुर्ण पोस्ट बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय