काठमाडौँ – झापाको बिर्तामोड–८ की एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

आज विहान १२ः २५ मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. चुरामणी पोखरलले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक पहिलेदेखि नै मुटुरोगी थिइन् । साथै, शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।