कोरोना भाइरस (कोभिड १९) संक्रमित बनेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्य अवस्था जटिल भएपछि वीर र ग्राण्डी अस्पतालमा ३६ दिन सघन उपचार गराएका विश्वकर्मा कोरोना संक्रमणमुक्त भए पनि पूर्णरुपमा स्वस्थ भइसकेका थिएनन् ।

अस्पतालबाट डिस्चार्ज भएको १६ दिनपछि नेता विश्वकर्मा आफैले विज्ञप्ति जारी गरी स्वास्थ्य क्रमिकरुपमा सुधार भइरहेको जानकारी गराएका छन् ।

उनले कोरोना संक्रमणपछि पुनर्जीवन पाएको भन्दै उपचारमा संलग्न चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।

यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरु, प्रमुख सचेतक बालकृष्ण खाणको सक्रियता र योगदान हृदयस्पर्सी भएको बताए ।

साथै नेपाली काँग्रेसका विभिन्न तहका नेता एवं कार्यकर्ताले व्यक्त गरेको शुभेच्छाले आफ्नो मनोबल उच्च बनाएको उनको भनाइ छ ।

यस्तै आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल भएका सभामुख, कानुन समितिका सभापति, सांसदहरु र संसद महासचिवलगायत सबै कर्मचारीरुप्रति आभार प्रकट गरेका छन् ।

जीवन र मृत्युको दोसाँधमा हुँदा राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ मन्त्री लगायतएवं पूर्व सभामुख सुभाष नेम्वाङले थप उपचारका लागि गरेको प्रयास र योगदानले आफूलाई भावुक बनाएको विश्वकर्माको भनाइ छ ।

कोभिड–१९ बाट संक्रमित भई स्वास्थ्यमा समस्या आएको कारण कार्तिक ९ गते वीर अस्पताल र ११ गते स्वास्थ्य अवस्था झन जटिल भएपछि राति ११ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्‍याइएको थिए ।

अहिले पनि आफू लगातार बोल्न र हिँड्न सक्ने अवस्थामा नरहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah