कोरोनाभाइरस (कोभिड—१९) का संक्रमित बढेसँगै संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या पनि बढ्दै गएको छ ।
नेपालमा हालसम्म संक्रमित हुने चिकित्सक, नर्स सहित अन्य स्वास्थ्यकर्मीको संख्या बढेर ५ हजार १ सय १५ जना पुगिसकेको स्वास्थ्य तथा मन्त्रालयका सह—प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
काठमाडौंमा मात्रै १ हजार ७ सय ६३ संक्रमित भइसकेका छन् भने ललितपुरमा ५ सय १२ जना पुगको छ । यस्तै भक्तपुरमा ३ सय ३८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । चितवनमा ३ सय ९९, मोरङमा २ सय १ जनामा संक्रमण देखिइसकेको छ ।
कोरोनाभाइरस संक्रमणका कारण ८ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ ।



