भारतमा उत्परिवर्तन (म्युटेसन) भएको कोरोना भाइरसका २० वटा मामिला फेला परेको छ।

शुरूमा बेलायतमा फेला परेको भनिएको यो भाइरस भारतमा पनि फैलिएको हो। यस अघिको भन्दा उत्परिवर्तित कोरोना ८० गुणा ज्यादा संक्रामक रहेको महामारी विज्ञहरूले बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रकृति बदलेको कोरोनाका कारण नागरिकहरू धमाधम संक्रमित हुन थालेपछि भारतले बेलायतसँग हवाई सम्पर्क विच्छेद गरिसकेको छ। यो डिसेम्बर २३ सम्म कायम रहनेछ।

कोरोनाको नयाँ स्ट्रेनबाट हालसम्म भारतमा २० जना संक्रमित भएका छन्। यो त्यही स्ट्रेन हो, जो गत सेप्टेम्बरमा बेलायतमा भेटिएको थियो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ स्ट्रेनबाट संक्रमित हुनेको संख्या २० पुगेको जानकारी दिएको छ। २० मध्ये ८ वटा मामिला दिल्लीको ल्याबमा प्रमाणित गरिएको छ। यस्तै, बैंग्लोमा ७ वटा मामिला फेला परेको छ।

भारतीय नीति आयोगका डा. वीके पालले भनेका छन्, 'शुरूमै नियन्त्रणका कदम चाले यो भाइरस काबुमा आउनसक्छ, फैलिएपछि नियन्त्रण गर्न मुस्किल छ।'