कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा हालसम्म ५० हजार ३५४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सरकारी तथ्यांक छ।

परीक्षण गरिएकामध्ये ५० हजार ३५४ मा कोरोना संक्रमति पुष्टि भएको बताइएपनि एक अध्ययनले सार्वजनिक तथ्यांकभन्दा दश गुणा बढीमा कोरोना भाइरसको संक्रमण भएको हनुसक्ने उल्लेख गरिएको छ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययन अनुसार पुरा जनसंख्यामध्ये ५ प्रतिशतमा कोरोना संक्रमण हुनसक्छ।

अध्ययनअनुसार वुहानमा पाँच लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको हुनसक्छ। वुहान एक करोड १० लाख जनसंख्या भएको शहर हो।

अध्ययनका अनुसार कोरोना पुष्टि भएका तर कोरोनाको लक्षण नदेखिएकाहरुलाई कोरोना संक्रमितको सूचीमा नराखिएका कारण यहाँ हालसम्म ५० हजारमा मात्र कोरोना देखिएको छ।

कोरोनाको उत्पत्तिको विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले वुहानको भ्रमण गर्ने तयारी गरिरहेको अवस्थामा नयाँ अध्ययन सार्वजनिक भएको हो।

बीबीसीका अनुसार अध्ययनमा वुहानका ३४ हजार मानिसको नमुना संकलन गरिएको थियो। साथै हुबेइ प्रान्तका सीमा क्षेत्र, राजधानी बेइजिङ, सांघाइबाट पनि नमुना लिइएको थियो।

अध्ययन अनुसार वुहानमा ४.४३ प्रतिशत व्यक्तिहरुको शरीरमा कोरोनाको एन्टिबडी विकास भएको देखिएको थियो।

साथै हुबेइ प्रान्तको सीमा क्षेत्रमा ०.४४ प्रतिशत व्यक्तिहरुको शरीरमा कोरोनाको एन्टिबडी देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय