काठमाडौं । चीनमा पनि नयाँ प्रकारको कोरोना भाइरस फेला परेको छ ।

बेलायतबाट चीन फर्किएकी एक महिलामा कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छ्न् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेलायतमा पहिलो पटक देखिएको कोरोना भाइरसको नयाँ प्रकार अहिलेसम्म २० भन्दा धेरै देशहरुमा पुगिसकेको छ । यो भाइरस पहिलेको भाइरसको तुलनामा ७० प्रतिशत चाँडै वृद्धि हुन्छ ।

चीनमा हालसम्म ८७ हजार ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।