
विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८ करोड ६० लाख नाघेको छ । गएको २४ घण्टामा ५ लाख ३४ हजारमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ करोड ६० लाख नाघेको हो ।
यस्तै ९ हजार संक्रमितको मृत्यु भएसँगै कोरोनाले मर्नेको संख्या १८ लाख ५९ हजार नाघेको छ ।
अहिलेसम्म विश्वभर ६ करोड १० लाख भने निको भएका छन् । २ करोड ३१ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ७ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।
वल्डोमिटरका अनुसार अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा २ करोड १३ लाखमा संक्रमण पुष्टि हुँदा १ करोड २७ लाख निको भएका छन् । ३ लाख ६२ हजारको भने मृत्यु भएको छ ।
यस्तै १ करोडमा संक्रमण पुष्टि भएको भारतमा ९९ लाख ७५ हजार निको भएका छन् । १ लाख ४९ हजारको भने मृत्यु भएको छ ।
यसैगरी ७७ लाख ५४ हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ६८ लाखले कोरोना जितेका छन्, १ लाख ९६ हजारको भने मृत्यु भएको छ ।