काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ८ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,८९३ जनाले ज्यान गुमाइसकेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०.७२ प्रतिशतले ज्यान गुमाएका छन्। यो दर केही दिनयता बढ्ने क्रममा छ।