
भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ५० हजार १५१ जना पुगेको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको विवरण अनुसार हालसम्म भारतमा करिब एक करोड ४ लाख मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको मन्त्रालयको तथ्यांक छ ।
भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेको र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।