काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यसैबीच विश्वमा कोरोना संक्रमितको कुल संख्या ९ करोड नाघेको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १९ लाख ३४ हजार ९३९ जनाको मृत्यु भएको छ भने ९ करोड ८६ हजार ५४९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ६ करोड ४४ लाख ८२ हजार ७१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ लाख ८ हजार ५४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच चीनमा आज (आईतवार) एकैपटक ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो संख्या चीनमा गत पाँच महिना यताकै सबैभन्दा धेरै हो । त्यस्तै चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८७ हजार ४३३ जनालाई कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर