काठमाडौं, पुस २७ : कोरोना संक्रमणको कारण बाँकेमा थप दुई जनाको मृत्यु भएकाे छ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको घोराही–२ का ३९ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी पुस १९ गते अस्पताल भर्ना भएका थिए। अस्पतालको आईसीयू कक्षमा उपचाररत उनमा पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर–१३ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण सोमबार बिहान मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि पुस १८ गते परीक्षण गराएका पुरुषमा भोलिपल्ट संक्रमण पुष्टि भएको थियो।



