काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर चार सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ८७ हजार पाँच सय ५५ जनाको पिसिआर परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६५ हजार दुई सय ६८ जना छन्। जसमध्ये सक्रिय संक्रमित ४ हजार तीन सय ७३ छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बितेको २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय २७ जना पुगेको छ भने पाँच सय २७ संक्रमणमुक्त भएका छन्।

हालसम्म २ लाख ५८ हजार ९ सय ६८ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३७ छ।