कोरोनाका कारण फ्रान्समा देशव्यापी रुपमा लागू भइरहेको करफ्यू थप कडा हुने घोषणा गरिएको छ ।फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको रातीको कर्फ्यूको ढाँचामा परिवर्तन गरिने जानकारी दिएका छन् ।

डिसेम्बरदेखि नै फ्रान्समा रातीको करफ्यू जारी छ तर कोरोनाको बढ्दो मामिलालाई मध्यनजर गर्दै यसमा थप कडाई गर्न लागिएको हो ।हाल राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्छ तर शनिबारदेखि बेलुका ६ बजेदेखि कर्फ्यू लागू गरिनेछ । यो नयाँ नियम कम्तीमा १५ दिनसम्म लागू रहनेछ ।

प्रधानमन्त्रीले देशमा कोरोनाको स्थिती चिन्ताजनक रहेको बताएका छन् ।प्रधानमन्त्रीले विदेशबाट आउनेहरुका लागि नयाँ नियमको घोषणा गरेका छन् ।

अब इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघिसम्म कोरोनाभाइरसको संक्रमणको परीक्षण गर्नुपर्नेछ र नेगेटिभ भएपछि मात्रै उनीहरुलाई फ्रान्समा प्रवेश गर्न दिइनेछ ।फ्रान्समा आइसकेपछि पनि उनीहरु ७ दिनसम्म आइसोलेशनमा बस्नुपर्नेछ र सातौं दिन पनि परीक्षण गर्नुपर्नेछ । उक्त परीक्षणमा नेगेटिभ आएपछि मात्रै उनीहरु सामान्य तरिकाले बस्न पाउनेछन् ।

कोरोनाको नयाँ भेरियन्टका लागि पनि चिन्ता बढेको छ । फ्रान्सका स्वास्थ्यमन्त्रीका अनुसार कोरोना संक्रमितमा कम्तीमा एकदेखि डेढ प्रतिशत कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah