बीमाको भुक्तानी विमा कम्पनीहरुले नदिएका समाचार बेला बखतमा सार्वजनिक हुने गरेका छन् ।

नेपालमा पछिल्लो समय कोरोना बीमा गरेकाहरुको बिमाको रक कम्पनीहरुले भुक्तानी नगरेको भन्दै विरोधसमेत भएको थियो तर यो घटना नेपालको भने होइन ।दक्षिण अफ्रिकामा जीवन बीमाको दाबी भुक्तानी माग्न जाँदा बीमा कम्पनीले मृत्युको प्रमाणपत्र माग गरेपछि मृतकका आफन्तले विमितको शव नै बोकेर बीमा कम्पनीको कार्यालय पुगेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

४६ वर्षका सिफिसो जस्टिस म्हेल्गोको मृत्यु गत ७ नोभेम्बरमा भएको थियो ।उनले जीवित छँदा आफ्नो जीवन बीमा गरेका थिए । त्यसैले उनको मृत्युपछि उनका परिवारजन बीमा दाबी भुक्तानी माग गर्दै बीमा कम्पनीको अफिसमा पुगे ।

तर बीमा कम्पनीचाहिँ सिफिसोको मृत्यु भएको पत्याउन तयार भएन ।बीमा कम्पनीका कर्मचारीले उनको मृत्यु भएको प्रमाण पेश गर्न निवेदकलाई आग्रह गरे ।

त्यसपछि मृतक सिफिसोका परिवारजन उनको मृत्युको प्रमाणको रुपमा उनकै लाश बोकेर बीमा कम्पनीको कार्यालयमा पुगे ।