काठमाडौं- कोभ्याक्स फ्यासिलिटीले आगामी मार्च तथा अप्रिल (चैत/वैशाख)सम्ममा नेपालमा कोभिडविरुद्दको खोप नेपाल पठाउने बताएको छ। कोभ्याक्सले गतसाता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी अप्रिलभित्रमा खोप पठाउने जानकारी दिएको हो।

कोभ्याक्सको उक्त पत्रका आधारमा अझै नेपालमा तीन महिना नेपालमा कोभिड भ्याक्सिन नआउने देखिएको हो। कोभ्याक्स कोभिड खोप सबै धनी गरिब देशले बराबर रुपमा पाउनुपर्छ भन्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफ लगायतका संस्था मिलेर बनेको एलाइन्स हो। कोभ्याक्सले नेपाललाई २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निशुल्क उपलब्ध गराउने प्रतिवद्दता गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्सले कुन खोप पठाउने छ भन्नेबारे खुलाएको छैन। तर त्यसका लागि तयारी पुरा गर्न कोभ्याक्सले पत्र पठाएको छ। ‘केही समयमा नै कोभ्याक्सले कुन देशको वा कुन कम्पनीले उत्पादन गरेको खोप पठाउछ भन्ने जानकारी गराउने भनेको छ,’ मन्त्रालय स्रोतले भन्यो। सरकारले कोभ्याक्सले खोप पठाउन ढिलाइ गरेको खण्डमा ३ प्रतिशत जनसंख्यालाई पहिल्यै खोप खरीद गरी लगाउने व्यवस्था गर्ने भनेको छ। यसका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ। नेपालले कोभ्याक्सबाट आउने बाहेक आफैंले खरीद गरी जनतालाई खोप उपलब्ध गराउने बताएको छ।

तर, अहिलेसम्म कुन देशको वा कुन कम्पनीको खोप ल्याउने भन्नेबारे टुंगो लाग्न बाँकी छ। औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगको लागि सशर्त अनुमति दिएको छ। भारतमा शनिबारदेखि कोभिड खोप लगाउन सुरु भइसकेको छ। यस्तो अवस्थमा नेपालमा खोप कहिलेसम्म आइपुग्छ, कुन खोप आउँछ भन्ने चर्चा बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah