काठमाडौं । दक्षिण, अफ्रिका, बेलायत, अमेरिका, भारतलगायतका देशमा कोरोना भाइरसको नयाँ स्वरुप देखिइरहेका बेला नेपालमा पनि तीन जनामा बेलायतमै देखिएको नयाँ स्वरुपको भाइरसको संक्रमण पुष्टि भएको छ । बेलायतबाटै आएका तीन जनामा बेलायती स्वरुपको भाइरस संक्रमण देखिएको सोमबार स्वास्थ्य मन्त्रालयले बताएको हो ।

इण्ल्याण्डको जनस्वास्थ्यले गरेको एक अनुसन्धानबाट यो भाइरसको स्पाइक प्रोटिन (बाहिरि भाग जुन मानिसको शरिरमा भएका कोषमा मिल्छ र संक्रमित बनाउँछ)मा फेरबदल भएको पुष्टि गरेको थियो । नयाँ स्वरुपमा स्पाइक प्राटिन फेरिएकै कारण संक्रमण गर्नसक्ने क्षमता बढी भएको हो ।

उक्त अध्ययनले यो भाइरस पहिलेको कोरोना भाइरसको तुलनामा ७० प्रतिशत बढी संक्रामक भएको पुष्टि गरेको छ । नेपालमा पनि यो नै भेरियन्ट पुगेके स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

यो भाइस बढी संक्रामक भए पनि बढी शक्तिशाली अथवा बढी बिरामी पार्ने किसिमको भने देखिएको छैन । केही दिनअघि बेलायतमै सार्वजनिक भएको एक अध्ययनले नयाँ स्वरुपबाट संक्रमित हुनेमा कुनै बढी स्वास्थ्य समस्या नदेखिएको बताएका छन् ।

नेपालका जनस्वास्थ्य विज्ञ डा. समिरमणी दिक्षितले भाइरसको नयाँ स्वरुपको संक्रमण देखिए पनि आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । उनले नयाँ स्वरुपको भाइरस बढी संक्रामक रहेको तर, कडा नरहेको बताएका छन् ।

डा. दिक्षितले भनेका छन्, ‘यो बढि संक्रामक छ, तर थप कडा छैन । बेलायतमा देखिएको २ महिना बितिसक्यो, भारत लगायत अनेकौं देशमा १। भ्याक्सिन र परिक्षणमा असर छैन । सावधानी उहि-मास्क अनि दुरि ।’

यद्यपी, यो विषयमा अहिले स्पष्ट प्रमाण भने जुटेको छैन् । भाइरसको नयाँ भेरियन्टविरुद्ध पनि काम गर्नसक्ने किसिमले खोपहरु भने विकास भइरहेको खोप कम्पनीले बताउँदै आएका छन् । कुनै भेरियन्टलविरुद्ध खोप प्रभावकारी नभएमा खोपलाई सुधार गरिने कम्पनीहरुले बताएका छन् । हाम्रा कुरा बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah