काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ। गत २४ घण्टामा ३ सय २२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ८ सय ६१ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को झापामा ४, मोरङमा ५ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को बारामा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा १ जनामा कोरोना भेटिएको छ।बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा २२, धादिङमा १, नुवाकोटमा १०, भक्तपुरमा ७, मकवानपुरमा ५, सिन्धुलीमा २ र ललितपुरमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा ४, तनहुँमा ६, नवलपरासीमा पूर्वमा ६, पर्वतमा ३, म्याग्दीमा ४, लमजुङमा २ र वागलुङमा ११ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा ३, पाल्पामा ३, बर्दियामा २, बाँकेमा १९ र रुपन्देहीमा ६ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको बझाङमा ५ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah