काठमाडौं, माघ १२ : विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख ६८ हजार २१३ पुगेको छ । सोमबार बिहान सम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ ।संक्रमितमध्ये २ करोड ५८ लाख ८६ हजार २२५ मा सक्रिय संक्रमण छ भने ७ करोड १७ लाख ४३ हजार ४६ जनाले कोरोनालाई जितेका छन् । उपचाररत बिरामीमध्ये १ लाख १० हजार ३६२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा मात्रै १६ सय ५० जनाको मृत्यु भएको छ। त्यस्तै मेक्सिकोमा १४ सय ७०, बेलायतमा ६ सय १०, ब्रजिलमा ५ सय ६२, रसियामा ४ सय ९१, कोलम्बियामा ३ सय ९२, दक्षिण अफ्रिकामा ३ सय तथा इटलीमा २ सय ९९ जनाको मृत्यु भएको हो ।पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३० हजार संक्रमित थपिएका छन् । अमेरिकामा १ लाख २० हजार, बेलायतमा ३० हजार, ब्रजिलमा २८ हजार, रसियामा २१ हजार, मेक्सिकोमा २० हजार, फ्रान्समा १८ हजार तथा भारतमा १२ हजार ९ सय संक्रमित थपिएका हुन् ।
विश्वमा कोरोना संक्रमितको संख्या झण्डै १० करोड
सवालनेपालसंवाददातासोमबार, ११ माघ २०७७

विश्वमा कोरोना संक्रमितको संख्या झण्डै १० करोड
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



