झापा – झापामा पहिलो चरणमा १० हजार जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ।

जस्का लागि प्रदेश सरकार मातहतका अस्पताल र नगरपालिकाहरूले सञ्चालन गरेका अस्पतालहरूमा तयारी गरि राखिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापामा बुधबारदेखि कोरोनाविरुद्धको लगाउन सुरु गरिने भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

स्वास्थ्य कार्यालय झापाले २७ हजार जनालाई पहिलो चरणमा खोप लगाउनुपर्ने बताए पनि पहिलो चरणमा १० हजार जनालाई खोप दिइनेछ।

कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंका अनुसार चरण/चरणमा कोरोना खोप लगाइने छ।

उनले भने, ‘अहिले पनि हामीले खोप लगाउने अभियान शुरु गर्नका लागि भनेर कुदिरहेका छौं।’

स्वास्थ्य कार्यालयका अनुसार कोरोनाको उपचारमा खटिएका फ्रन्टलाइनका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, फ्रन्टलाइनका सुरक्षाकर्मी, कोरोना लागेर मृत्यु भएकाहरूको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ।

झापाको मेची अस्पताल भद्रपुर तथा नगर अस्पतालहरूबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने चौंलागाईंले बताए।