काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३०३ जना संक्रमित थपिएको जानकारी दिएको छ।अहिलेसम्म कुल २ लाख ७० हजार ९२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २५२ रहेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा २८५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६४ हजार ८२३ जना संक्रमण मुक्त भएका छन्।नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा ४ हजार ५८४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ५२ हजार ६८७ पुगेको छ।त्यस्तै क्वारेन्टाइनमा १२२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार २५२ जना रहेका छन् ।कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०१७ पुगेको छ।नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७४ रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय