नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ जना पुगेको छ।आज २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ।पछिल्लो २४ घण्टामा २९६ जना निको भएका छन्।हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ।आज पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।नेपालमा हालसम्म २० लाख ६० हजार ८६० जनाको पीसीआर परीक्षण गरिएको छ।आज ३ हजार ७९१ जनाको परीक्षण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर