बाँकेमा एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण शुक्रबार बिहान मृत्यु भएको छ।

बैजनाथ गाउँपालिका टिटेहरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रम्भा भारतीको मृत्यु भएको बाँकेका जिल्ला कोभिड - १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीको शुक्रबार बिहान ५ : २७ बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो।

सिनियर अनमी भारती कोरोना संक्रमण पुष्टि भएपछि माघ १४ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन्।

योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ।

देशमा फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई कोरोनाविरूद्धको खोप लगाउने क्रम जारी रहँदा सिनियर अनमीको कोरोनाकै कारणले मृत्यु हुनु दुःखद घटना मान्नुपर्ने फोकल पर्सन वलीले बताए।