काठमाण्डु – वरिष्ठ जनस्वास्थ्यकर्मी डा. रवीन्द्र पाण्डेले कोरोना खोप लगाएपछिको अनुभव सामाजिक सञ्जालमा शेयर गरेका छन् ।डा. पाण्डेका अनुसार खोप लगाएपछि उनीलगायतका स्वास्थ्यकर्मीहरुको अनुभव सामाजिक सञ्जालमा शेयर गरेका हुन्।‘हिजो कोरोनाको खोप लगाएको ५ मिनेटपछि अनुहारमा टिमुर खाएजस्तो रमरम भयो,’ उनले भनेका छन्, ‘घरमा आएपछि सामान्य वाकवाकी, रिंगटा, जिउ दुख्ने, जाडो हुने तथा शरीर तातो हुने लक्षण देखियो ।’उनले रातिदेखि खोप लगाएको हात हल्का दुःखेको र अरु लक्षण हराएको बताएका छन् । ‘मसँगै खोप लगाएका स्वास्थ्यकर्मीहरुलाई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर लुलो भएजस्तो हुने लगायत देखिएको थियो,’ उनले भनेका छन्, ‘उहाँहरु आज फ्रेस हुनुहुन्छ।कोरोनाको खोपले एकाध स्वास्थ्यकर्मीलाई बाहेक गम्भीर लक्षण देखिएको छैन।’डा. पाण्डेले खोप केन्द्रमा आफ्नो स्वास्थ्य अवस्था राम्रोसँग बताएर मात्र खोप लगाउने हो भने गाह्रो नहुने बताए ।‘आफु स्वस्थ भएको समयमा, खाना तथा पानी प्रशस्त सेवन गरेर एबम उच्च मनोबल सहित खोप केन्द्रमा (आफ्नो पालोमा) जानुहोला,’ उनले सुझाव दिए ।उनी भन्छन्, ‘हामी सबै नागरिकलाई पुग्नेगरि खोप ल्याउन सरकारले कुटनैतिक तथा व्यवस्थापक स्थापकीय कौशलता प्रयोग गरोस्।’
कोरोना खोप लगाएपछि डा. रवीन्द्र पाण्डेको अनुभव
सवालनेपालसंवाददाताआइतबार, १७ माघ २०७७

कोरोना खोप लगाएपछि डा. रवीन्द्र पाण्डेको अनुभव
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



