
काठमाडौं ।अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो दुई हप्तामै ४० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।यसै क्रममा हरेक दिन ३ हजारको दरले मृत्यु भएको छ ।द गार्डियनको एक रिपोर्टका अनुसार यसको कारण मानिसहरु लापरवाही भएको र एके स्थानमा भेला हुने गरेको बताइएको छ ।तर पनि संक्रमणको दर भने यस बीचमा कम भएको छ ,अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ४ लाख ६६ हजार ९८८ जनाको मृत्यु भएको छ भने २ करोड ७२ लाख ७३ हजार ८९० जनालाई कोरोना संक्रमण भएको छ ।