काठमाडौं, २६ माघ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोना भाइसरविरुद्धको विरुद्धको कोभिशिल्ड खोप अग्रपङ्तीमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ ।भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजदेखि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका अनुसार आजदेखि पाँच दिनसम्म अग्रपङ्तीमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने छ ।खोप लगाउने पत्रकारको विवरण स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न समेत आग्रह गरेको छ । खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने बताइएको छ,देशभर पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ । साथै आजदेखि नै कुटनितीक आयोगका पदाधिकारी समेत खोप लगाइदै छ।
आजदेखि १३ हजार पत्रकारलाई कोरोनाविरूद्ध खोप लगाइँदै,
सवालनेपालसंवाददातासोमबार, २५ माघ २०७७

आजदेखि १३ हजार पत्रकारलाई कोरोनाविरूद्ध खोप लगाइँदै,
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



