काठमाडाैं, २ चैत । नेपालमा सोमबार थप ७९ जनामा कोरोना संकमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ । त्यस्तै थप ७५ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ७१ हजार ४०१ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।नेपालमा हालसम्म तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल ८९५ जना आइशोलेशन र ४४ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख १८ हजार ७२२ वटा पिसिआर गरिएको छ ।
सोमबार थप ७९ जनामा कोरोना संक्रमण पुष्टी
सवालनेपालसंवाददातासोमबार, १ चैत २०७७

सोमबार थप ७९ जनामा कोरोना संक्रमण पुष्टी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



