काभ्रे ।नेपाल सकारले दोश्रो चरणमा शुरु गरेको कोभिड-१९ विरुद्धको खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिताका कारण जिल्लामा ६५ वर्ष भन्दा माथि उमेर समुहका १४ हजार ८ सय १ जनाले खोप लगाएका छन् ।पहिलो चरणमा जिल्लामा ६ हजार ७ सय ९९ जनाले खोप लगाएका थिए । अब जिल्लामा खोप लगाउनेहरुको संख्या २१ हजार ६ सय ब्यक्तिहरुले खोप लगाई सकेका छन् । जिल्लामा सबै भन्दा धेरै खोप बनेपा नगरपालिकामा लगाईएको छ । बनेपा नगरपालिकामा १ हजार ९ सय ९६ जनाले खोप लगाएका छन् ।जसमा १ हजार १८ महिला थिए भने ९ सय ७८ पुरुष रहेका छन् । बनेपा नगरपालिकाको योजना ३ हजार ७ सय ५२ नागरिकलाई खोप लगाउने थियो ।

६५ वर्ष भन्दा माथिका नागरिकहरुले जिल्लामा ७ हजार ४ सय ८३ महिला र ७ हजार ३ सय १८ पुरुषले खोप लगाएका छन् । धुलिखेल नगरपालिकामा १ हजार २ सय ३१, पनौती नगरपालिकामा १ हजार ८ सय ३४, पाँचखाल नगरपालिकामा १ हजार ४ सय २९, नमोबुद्ध नगरपालिकामा १ हजार ५ सय ११, मण्डनदेउपुर नगरपालिकामा १ हजार ३ सय १९ जनाले खोप लगाएका छन् । त्यस्तै भुम्लु गाउँपालिकामा ८ सय ५१, रोशी गाउँपालिकामा ५ सय ३९, बेथान्चोक गाउँपालिकामा ६ सय ८०, तेमाल गाउँपालिकामा १ हजार ६८, महाभारत गाउँपालिकामा ७ सय १०, खानीखोला गाउँपालिकामा ४ सय ३५ र चौरीदेउराली गाउँपालिकामा १ हजार १ सय ९८ जनाले खोप लगाएका छन् ।

फागुन २३ गते आईतबार देखि शुरु भएको खोपमा उत्साहपूर्ण सहभागिता रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । १३ वटा पालिकामा १ सय १४ वटा खोप केन्द्र मार्फत २५ हजार ४ सय ७५ जना लक्षित समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाउने योजना बनाईएको थियो । खोप कार्यकर्ताहरुलाई तालिम, स्थानीय सरकारका प्रतिनिधिहरुलाई अभिमुखिकरण, संचारकर्मीहरुलाई जानकारी र खोप लगाए पछि हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न सुरक्षा उपाय अपनाईएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । खोप लगाए पछि सामान्य ज्वरो र केहि लक्षण बाहेक अन्य कुनै समस्या नभएको डा. झाले बताउनु भयो ।

जिल्लामा ६५ वर्ष भन्दा माथी उमेर समुहका जेष्ठ नागरिकहरुको संख्या बनेपामा सबै भन्दा धेरै थिए । बनेपा नगरपालिकामा ३ हजार ७ सय ५२, धुलिखेल नगरपालिकामा २ हजार २ सय ९४, पनौती नगरपालिकामा ३ हजार १ सय २२, पाँचखाल नगरपालिकामा २ हजार ६ सय ३८, मण्डनदेउपुर नगरपालिकामा २ हजार १ सय ५७, भुम्लु गाउँपालिकामा १ हजार २ हजार ८७, रोशी गाउँपालिकामा १ हजार ८ सय ९९ रहेका छन् ।

त्यस्तै बेथान्चोक गाउँपालिकामा १ हजार १ सय ६४, तेमाल गाउँपालिकामा १ हजार ४ सय ९७, महाभारत गाउँपालिकामा १ हजार २ हजार ६१, खानीखोला गाउँपालिकाका १ हजार २४ र चौरीदेउराली गाउँपालिकामा १ हजार ३ सय ९० जना लक्षित समुहका नागरिकहरुलाई खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गते देखि चैत्र १ गतेसम्म खोप लगाईसक्ने गरी कार्यकतालिका तयार गरिएको छ ।खोप लगाईसकेपछि त्यसको असर हुन नदिन वा केहि भईहालेमा तयारी अवस्थामा प्रत्येक केन्द्रमा मेडिकल डाक्टर सहितको टिम र एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो ।

खोप अभियानका लागि २ सय १० जना खोप दिने स्वास्थ्यकर्मी परिचालन भएका थिए भने ६ सय ३० जना स्वयंसेवक रहेका छन् । पालिकाहरुले हरेक दिन फरक फरक स्थानको स्वास्थ्य चौकीमा खोप लगाउने गरी तालिका तयार गरी अभियानमा साथ दिएका थिए सफलतापुर्वक दोश्रो चरणको खोप अभियान सफल भएसँगै तेश्रो चरणका लागि तयारी शुरु गरिएको छ । जिल्लामा कोभिडका कारण जिल्लाका नागरिक ४५ जना र अन्य गरी ६२ जनाको निधन भएको छ । कोरोना संक्रमण हुनेको संख्या अझै थपिएको छ । हाल संक्रमितको संख्या १७ रहेको छ । हालसम्म जिल्लामा ३ हजार ३ सय ७० जना ब्यक्ति कोरोनाबाट संक्रमित भएका छन् ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah