काठमाडाैं, १० चैत । नेपालमा बुधबार थप १४५ जनामा कोरोना पुष्टि भएको छ । याे संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।

त्यस्तै थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ९० संक्रमित निको हुँदा हालसम्म नेपालमा २ लाख ७२ हजार १८७ जना निको भएका छन् ।

हाल नेपालमा ११८२ जना आइशोलेशनमा र ५२ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ४८ हजार ९९३ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय