काठमाडौँ – भारतबाट आएका तीन नेपालीमा नयाँ प्रकारको कोरोना भाइरस (नयाँ भेरियन्ट) को संक्रमण पुष्टि भएसँगै सतर्कता थप कडा पारिएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।भारतबाट आएकाहरुको परीक्षण गर्दा कोरोना संक्रमण देखिएका मध्ये २० जनाको स्वाब नमूना नयाँ भेरियन्ट रहे–नरहेको पुष्टि गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ ल्याइएको थियो ।त्यसमध्ये तीनजनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीका अनुसार कञ्चनपुरका २२ वर्षे, डडेल्धुराका ३१ वर्षे र डोटीका ३० वर्षे पुरुषमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनीहरु तीनजना अहिले घरमै आइशोलेशनमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको कार्कीले बताएका छन् । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ्ग भइरहेको प्रवक्ता कार्कीले विज्ञप्ति मार्फत जनाएका छन्।संक्रमित क्षेत्र तथा विदेशबाट आएकाहरुले कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्न र मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेसहितका सावधानीका उपाय अपनाउन पनि उनले आग्रह गरेका छन्।भारतमा पछिल्लो समय नयाँ भेरियन्टका कारण संक्रमण अति तीव्र गतिमा फैलिरहेको छ । सोमबार एकै दिन एक लाख तीन हजार भन्दा धेरैमा संक्रमण फैलियो ।यस्तोमा भारतबाट आएका नेपालीमा पनि नयाँ भेरियन्टको संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah