रुपन्देही । बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज सोमवार बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका –५ निवासी ७९ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । चैत २७ गते अस्पताल भर्ना भएकी उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।त्यसैगरी कपिलवस्तुको वाँणगङ्गा नगरपालिका–३ निवासी ७१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । चैत २७ गते नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको अस्पतालका सूचना अधिकारी गौतमले बताए ।
बुटवलमा तीन जना कोरोना संक्रमितको मृत्यु
सवालनेपालसंवाददातासोमबार, २९ चैत २०७७

बुटवलमा तीन जना कोरोना संक्रमितको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



