झापा/ कोरोना संक्रमणका कारण झापाका पत्रकारको निधन भएको छ । झापाका पुराना पत्रकार तथा मानव अधिकार र धार्मिक अभियानमा संलग्न कमल मिश्रको कोरोना संक्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।विभिन्न रोगले ग्रसीत मिश्र केही दिनदेखि कोभिड अस्पताल टेकु काठमाण्डौमा भर्ना भएर उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा गएराति १ बजे वहाँको निधन भएको मिश्रका भान्जा तथा झापाली पत्रकार तीर्थ सिग्देलले जानकारी दिनु भयो । पत्रकार महासंघ झापा शाखाका साधारण सदस्य समेत रहनु भएका बिर्तामोडका ४८ बर्षीय पत्रकार मिश्र केही समयदेखि परिवारसहित काठमाडौंमा बस्दै आउनु भएको थियो ।
पुराना पत्रकार मिश्रको कोरोना संक्रमणबाट मृत्यु
सवालनेपालसंवाददाताबिहीबार, २ वैशाख २०७८

पुराना पत्रकार मिश्रको कोरोना संक्रमणबाट मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



