काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ रहेको छ ।यसैगरी २४ घण्टामा १५७ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँचभ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु, ४९० थपिए
सवालनेपालसंवाददाताबिहीबार, २ वैशाख २०७८

नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु, ४९० थपिए
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



