बाँकेमा १८३ जनाको पिसिआर परीक्षण गर्दा १२७ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ।पछिल्लो २४ घन्टामा १२७ जनामा संक्रमण पुष्टि भएसँगै समुदायमा संक्रमण फैलिएको अनुमान गरिएको छ।जिल्ला कोरोना फोकल पर्सन तेज वलीका अनुसार शुक्रबार परीक्षण भएकामध्ये झन्डै ७० प्रतिशतलाई कोरोना देखिएको हो।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संक्रमितमध्ये अधिकांश भारतबाट आएकाहरू रहेको सेतोपाटीलाई बताए।‘संक्रमित अधिकांश युवा छन् र उनीहरू सबै भारतबाट आएकाहरू हुन्,’ प्रजिअ गेलालले भने। उनका अनुसार शुक्रबार बाँकेमा फेला परेका १२७ जना संक्रमित सबै बाँकेका होइनन्। शंका लागेका बाहिरी जिल्लाका मानिसको पनि पिसिआर परीक्षण गरिएको उनले जानकारी दिए।स्रोतका अनुसार भारतबाट घर आएकामध्ये जमुनाहा नाकामा शंकास्पद लक्षण देखिएकाहरूसमेत पिसिआर परीक्षणका लागि नमूना दिएर घर गइसकेका छन्।उनीहरूले समुदायमा संक्रमण फैलाएको हुन सक्ने आशंका गरिएको एक स्वास्थ्य अधिकारीले बताए।बुधबार गरिएको पिसिआर परीक्षणका क्रममा बाँकेका विभिन्न विद्यालयका १४ शिक्षक/विद्यार्थीमा समेत कोरोना देखिएको थियो।
बाँकेमा १८३ को परीक्षण गर्दा १२७ मा कोरोना पोजेटिभ
सवालनेपालसंवाददाताशुक्रबार, ३ वैशाख २०७८

बाँकेमा १८३ को परीक्षण गर्दा १२७ मा कोरोना पोजेटिभ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



