भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहमा कोरोनाभाइरस सङ्क्रमण देखिएको उनका एक निकट सहयोगीले पुष्टि गरेका छन्।
ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन गत साता भारत गएका थिए।
पूर्व राजा ज्ञानेन्द्र तथा पूर्व रानी कोमल भारत भ्रमणबाट फर्किएपछि गरिएको पिसीआर परीक्षणमा पोजिटिभ देखिएको उनका सहयोगी फणिराज पाठकले जानकारी दिएका छन्।
हाल दुवैजना निर्मल निवासमा आइसोलेसनमा बसिरहेको उनले जनाएका छन्।
पूर्व राजा दिल्ली हुँदै आफ्नी पत्नी कोमलसँग नेपाल फर्किएका हुन्।
गत साता मङ्गलवार उनले गङ्गास्नान गरेका थिए।
भारतमा कुम्भमेलामा सहभागी सयौँ मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
भारतका स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रेषित केही सामग्रीमा उनले स्नान गर्न लागेको दृश्य प्रकाशित भएको थियो। सामाजिक सञ्जालमा ज्ञानेन्द्रले भारतीय सञ्चारमाध्यमलाई हरिद्वारबाटै प्रतिक्रिया दिएको भिडिओ पनि छ।
नेपाल फर्किनुअघि भारतमा गराएको पीसीआर परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको उनीसँगै यात्रा गरेका उनका सहयोगी पाठकले बीबीसीलाई बताएका थिए।
हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले उनले त्यहाँ परीक्षण गराएका थिए।
नेपाल फर्किएपछि के भने?
नेपाल फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र एउटा विज्ञप्ति जारी गरी हरिद्वारमा आफूले पाएको “विशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति” निरञ्जन पीठका पीठाधीश्वर कैलाशानन्द गिरी तथा समस्त सन्तमहात्माप्रति कृतज्ञता व्यक्त गरेका थिए।
साथै उनले आफ्नो “भारत बसाइलाई सरल र सहज बनाउने व्यवस्थाका लागि भारतीय जनता र भारत सरकारप्रति” पनि आभार व्यक्त गरेका थिए।
नेपालको अवस्था
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलवार नेपालमा थप १६ सय ६७ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ।
सो अवधिमा ११ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
नेपालमा अहिलेसम्म २ लाख ८७ हजारभन्दा बढीलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ भने ३,१०२ जनाको कोभिडका कारणले मृत्यु भएको औपचारिक तथ्याङ्क छ।
मन्त्रालयका अनुसार यदि स्वास्थ्य मापदण्ड पूरा नभएमा कुनै दिन एकै दिन ११ हजार सक्रिय सङ्क्रमित पुग्ने मन्त्रालयको प्रक्षेपण रहेको छ।
भारतको अवस्था
बीबीसी हिन्दीले भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मङ्गलवार बिहान जनाएअनुसार त्यहाँ विगत २४ घण्टामा करिब दुई लाख ६० हजार जनामा कोभिड पुष्टि भएको छ।
कोरोनाभाइरसको घातक दोस्रो लहर रोक्न भारत कसरी असफल
भारतमा कोभिडको ‘दोस्रो लहर’, नेपालमा थप फैलिन नदिन कस्तो छ योजना
त्यस अवधिमा १,७६१ जनाको कोभिड-१९ का कारण निधन भएको छ।
भारतमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख जनाभन्दा बढी पुगिसकेको छ भने हाल त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाखभन्दा बढी छ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण एक लाख ८० हजारभन्दा बढीको ज्यान गइसकेको छ।
भारतले कोरोनाभाइरसविरुद्ध खोप अभियानलाई तीव्र बनाएको छ। त्यहाँ हालसम्म १२ करोड ७१ लाखभन्दा बढीले खोप लगाइसकेका छन्।
भारतले अब १८ वर्ष माथिका सबैलाई खोप दिन सुरु गरेको छ।
सङ्क्रमितहरूको सङ्ख्या स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी बढ्न थालेपछि भारतको राजधानी दिल्लीमा सोमवार रातिदेखि एक साताका लागि लकडाउन घोषणा गरिएको छ।
-बिबिसी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah