नक्कली पीसीआर परीक्षणको रिपोर्ट लिएर विदेश जान लागेको आशंकामा प्रहरीले १ सय २२ जना नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले विदेश जान लागेका युवाहरुले देखाएको पीसीआर रिपोर्टमा शंका लागेपछि रोकेको हो। रोकिएका सबै सुरिया ल्याबमा कोभिड १९ परीक्षण गराउनेहरु हुन्।।

बिहान ७ बजेदेखि ९ बजे बिचका फ्लाइटबाट विभिन्न मुलुक जान लागेका उनीहरुलाई विमानस्थलमै रोकिएको हो। अधिकांश खाडी मुलुकमा जान लागेकाहरु रोकिएका छन्।

उनीहरुले देखाएको पीसीआर रिपोर्ट सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रालिबाट लिएको देखिएपछि उनीहरुलाई रोकिएको हो। सुरिया ल्याबमा महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार छापा मारेको थियो। छापा मार्दा ल्याबले स्वाब नै नलिइ नेगेटिभ रिपोर्ट दिएको खुलेपछि प्रहरीले विदेश जाने मानिसको रिपोर्टमा कडा निगरानी थालेको हो।

‘हिजो ल्याबमा छापा मारेको थियो। उनीहरुले पनि त्यही ल्याबको रिपोर्ट बोकेको पाएपछि नियन्त्रणमा लिएका हौं। बाँकी अनुसन्धानमा नै छ,’ त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख राजेन्द्र बास्तोलाले भने।

उनीहरु विभिन्न एयरलाइन्सबाट विदेश जान लागेका थिए। त्यस्तै, सोमवारमात्र प्रहरीले विमानस्थलबाट भारतीय नागरिक तसलिम अहमदलाई पक्राउ गरेको थियो।

आज नियन्त्रणमा रहेका केही भारतीय नागरिक समेत रहेको खुलेको छ।

हिजोमात्रै, काठमाडौंमा ९ हजार रुपैयाँ तिरेर नक्कली पीसीआर परीक्षण रिपोर्ट बनाउने गरेको खुलेको थियो। मंगलवारमात्र महानगरी अपराध महाशाखाको टोलीले सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रालिमा छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेको हो। चार घण्टामा नै स्वाब नै नै नलिइ नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि ल्याबका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
-पहिलो पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah