डोटीमा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
११ दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताए ।
प्रहरी नायब उपरीक्षक मल्लले भने, ‘निज युवकको दाजुको गएको शनिवार भारतमा कोरोनाले मृत्यु भएको र उनको घर आएपछि मृत्यु भएपछि कोरोनाले मृत्यु भएको भन्ने आशंका गरिएको छ ।’
जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले मृत्यु भएका व्यक्तिको कोरोना जाँच नगरिएको र भारतबाट घर आएर होम आइसोलेसनमा बसेका बेला मृत्यु भएको भन्ने खबर आएको बताए ।
उनले भने, ‘भारतबाट आएर बिरामी हुँदा निज स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुभएन, मृत्यु भएपछि कोरोना जाँच नगर्नू भन्ने सरकारी निर्देशनअनुसार उहाँको स्वाब टेष्ट गरेनौं ।’

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कोरोनाका कारण मृत्यु भएका भनिएका युवकको सम्पर्कमा आएका व्यक्ति तथा उनको घर परिवारका सदस्यको स्वाब जाँच गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको बताए । उनले भने, ‘मर्ने व्यक्ति त मरिसके, उनको सम्पर्कमा आएका र घर परिवारको स्वाब टेष्ट गर्न भनेको छु, स्वाब टेस्टपछि मृत्युको सबै कारण खुल्ने छ ।’

सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलवार राति आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयले जनाएका छन् । जिल्लामा क्वारेन्टीन निर्माण नगरिएका कारण भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक सिधै गाउँ जान थालेकाले समस्या हुने गरेको बताइएको छ ।

जिल्लामा कोरोना सम्बन्धी कुनै जाँच नभएका कारण र भारतबाट आएका नागरिक सिधै घर आउने गरेका कारण गाउँमा त्रास फैलिएको केआइसिंह गाउँपालिकाका तीर्थराज जोशीले जानकारी दिए ।
-लोकान्तार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah