बाँकेको भेरी अस्पतालमा ४७६ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म भेरी अस्पतालमा ५८ हजार २९४ नमुनाको परीक्षण गर्दा ७ सात ९५५ जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका ३८३ संक्रमितमध्ये २०६ (५३.८%) पुरुष र १७७ (४६.२ %) महिला रहेका छन् । जिल्लागत रूपमा बाँकेमा सबैभन्दा बढी २९९ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
पालिकामा पनि नेपालगञ्ज सबैभन्दा बढी प्रभावित देखिएको छ । नेपालगञ्जका २३६ र कोहलपुरका २५ छन् भने बर्दियाको बारबर्दियाका २१ जनामा संक्रमण पहिचान भएको छ ।
उमेर समूहमा २० देखि ४० वर्षका सबैभन्दा प्रभावित देखिन्छ । २० वर्षभन्दा कम उमेर समूहका पनि ५२ जनामा संक्रमण भेटिएको छ जुन कूल पोजिटिभको १३.५ प्रतिशत हो ।
भेरी अस्पतालले हालसम्म ९५० संक्रमितको उपचार गरिसकेको जनाएको छ । ८१७ जना (८६%) निको भएर घर फर्किएका छन् भने १९८ जना हाल पनि कोभिड वार्डमा उपचाररत छन् ।
-शिलापत्र बाट



