स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा जनशक्ति, संक्रमितको संख्या, शय्यालगायत आधारमा तत्काल ओपीडी सेवा तथा अत्यावश्यकबाहेकका शल्यक्रिया स्थगित गर्न सबै अस्पतालहरुलाई अनुरोध गरेको छ ।

मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार जनशक्ति कम भएका तथा रिक्त रहेका अस्पतालहरुमा तत्काल करारमा पदपूर्ति गर्न पनि अनुरोध गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, ५० प्रतिशत जनशक्तिले सेवा दिने गरी व्यवस्था गर्न र कुनै पनि चिकित्सकलाई लामो समय बिदा नदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

कोभिड–१९ संक्रमितको दर बढ्दै गएकाले अस्पतालमा आईसीयू तथा आकस्मिक सबै उपकरण तयारी अवस्थामा राख्न मन्त्रालयले आग्रह गरेको छ ।

-बाह्रखरीबाट