भारतमा पहिलो पटक एकैदिन कोरोना भाइरसका तीन हजार बढी संक्रमितले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण २ लाख १ हजार १ सय ६ ले ज्यान गुमाई सकेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजारमा संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमणका कारण महाराष्ट्रमा ८९५, दिल्लीमा ३८१, उत्तरप्रदेशमा २६४, छत्तीसगढमा २४६, कर्नाटकमा १८०, गुजरातमा १७० र झारखण्डमा १३१ जनाको मृत्यु भएको छ ।

एकै दिन कोरोना महामारीका कारण यति धेरैको संख्यामा ज्यान गएको भारत २ लाख बढी नागरिकको मृत्यु हुनेको चौंथो मुलुक बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय