गोरखामा एक कोरोना संक्रमित पुरुषले झुण्डिएर आत्महत्या गरेका छन्।

मंगलबार राति होम आइसोलेसनमा बसिरहेका गोरखा नगरपालिका-१४ याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतमा कपडा उद्योगमा काम गर्दै आएका उनी गत चैत २६ गते नेपाल आएका थिए। नेपाल आएपछि कोरोना परीक्षण गरेका उनको वैशाख १० गते संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि उनी होमआइसोलेसनमा बसेका परिवारका सदस्यले जानकारी दिए। पारिवारिक स्रोतका अनुसार पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनी मानसिक तनावमा थिए।

उनमा कोरोना संक्रमण देखिएपछि परिवारका अन्य सदस्यको पनि स्वाब परिक्षण गरिएको थियो। तर, उनको परिवारका पाँच जनाको कोरोना परीक्षण गर्दा अरू कसैलाई पनि संक्रमण देखिएको थिएन।

कोरोना पुष्टि भएका कारण उनको शव पोष्टमार्टम नगरी व्‍यवस्थापन गर्ने तयारी भएको प्रहरीले जनाएको छ। उनको शव आजै नेपाली सेनाले व्‍यवस्थापन गर्ने तयारी गरिरहेको छ।

-थाहाखबर बाट